पूर्वाञ्चल खबर
विराटनगरस्थित दुर्गा मार्केट विराटनगरमा आज रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनकी सञ्चालीका सन्जिता परियारद्धारा पार्लरको उद्धघाटन गरेकी हुन् ।

उनको अनुसार पार्लरमा महिला र पुरुष दुवैका लागि सेवा दिईने छ । महिलाको पार्लरमा पुरुष पस्न नहुने भ्रमलाई चिर्नका लागि साथै रोजगारीको अवसरका लागि पनि उनले महिला र पुरुषका लागि नै पार्लर संचालनमा ल्याएको बताईन ।
उनले पुरुषको कपाल काट्न, वाक्स, मेनिकेयर जस्ता सेवा दिनका लागि एक जनालाई रोजगारी पनि दिएकी छिन् । उनले भनिन् हाम्रो समाजमा महिला र पुरुष विचको विभेद अझै हटेको छैन, त्यहि विभेदलाई हटाउने यो पहिलो मेरो प्रयास हो ।
लकडाउन कार्यान्यवयन हुनभन्दा अगावै विराटनगरमा शाखा सञ्चालनमा ल्याउने योजना भएको भए पनि लकडाउनका कारण योजना सफल नभएको रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनकी सञ्चालीका संजिता परियारले जानकारी दिईन् । बन्दाबन्दीको अवस्थामा केहि खकुलो भएसँगै पार्लर सञ्चालन ल्याएको उनले बताईन् ।