खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार मोरङको रंगेलीमा ८ र सुन्दरहरैचामा ४ जना, झापाको भद्रपुरमा २ र दमकमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । प्रदेश १ मा आज २३ जना निको भएर घर फर्किएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् । प्रदेश १ मा अहिले १ सय ९० जना उपचाररत रहेका छन् ।
कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ ।