विराटनगर, माघ १४ /विराटनगर १४ मा रहेको भानु मेमोरीयल स्कुलले एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरेको छ ।
स्कुल परिसरमा आज श्क्रबार आयोजना गरिएको प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका ४० बढी विद्यार्थीले सहभागिता जनाएका छन । प्रदर्शनीमा विद्यार्थीहरुले हाइड्रोलिक ब्रेक,मनी प्रिन्टर,भ्याकुम क्लिनर,हाइड्रोलिक एलिभेटर,भोल्केनो लगायतका मेशिन निर्माण गरेर प्रदर्शन गरेका छन । प्रदर्शनीमा ३३ वटा स्टल राखिएको थियो ।
विद्यार्थीहरुमा विज्ञानप्रतिको झुकाव बढाउन र श्रीजनशिलताको विकास गर्न प्रदर्शनीको अयोजना गरिएको स्कुलका विज्ञान सञ्चालक मोहन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताबाट उक्तकृष्ट छनौट हुने ग्रूप र विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।