AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हत्याको आरोपमा ३ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० जेष्ठ २०७७, मंगलवार २०:२२
3
Shares
सुनसरी / सुनसरीको ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक केसी (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् ।

जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रतिवादी मध्येका प्रज्वल राई र रादन राईबिच सामान्य बादबिबाद भएको र बादबिबाद पश्चात मृतक राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रतिवादीहरुको समुहले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार रहेकोमा घाईतेका अन्य साथीहरुले थाहा पाई घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे ईटहरी उप–महानगरपालिका–११ बाट तीनै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर