विराटनगर,माघ १४/ विराटनगरमा १४ मा रहेको भानु मेमोरियल उच्च माध्यमिक विद्यालय (विज्ञान तथा व्यवस्थापन संकाय)ले स्थापनाको १२ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
कलेजले आज शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कलेजको वार्षिकउत्षवको अवसरमा १५ र १६ गते दुइ दिन विभिन्न कार्यक्रमको जनाएको हो । वार्षिकउत्षवको अवसरमा कलेजले उच्च माध्यमिक विद्यालयमा आवद्ध शिक्षकमध्ये त्रिभुवन विश्व विदालयमा प्राध्यापक तथा उपप्राध्यापक पदमा पदोन्नति भएका, विद्यावारिधि हासिल गरेका साथै राम्रो नतिजा ल्याएर उत्तिर्ण गर्ने विद्यार्थी र भानु कलेजबाटै पास भएर विभिन्न क्षेत्रमा नाम कमाएर र सेवा पुर्याइरहेका विद्यार्थीहरुलाइ समेत सम्मान गर्ने कलेजका को–अर्डिनेटर आरसी कोइरालाले जानकारी दिए ।
कलेजले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी भएका विद्यार्थीलाइ पुरस्कार समेत वितरण गरिने जनाइएको छ ।