AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमण देखिएको स्थानमा परीक्षण तीव्रता : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७७, सोमबार २०:०६
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताएका छन् ।

कोरोना संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर परीक्षण गरिने उनले बताए । धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज मन्त्री घिमिरे धनकुटा गएका थिए ।

धनकुटामा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले संक्रमण देखिएको स्थानमा परीक्षण तीव्र पारिएको बताए । उनले भने,‘ सवैलाई परीक्षण गर्न संभव छैन, संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको पहिचान गरेर शंकास्पदको परीक्षण गरिन्छ ।’ आवश्यक सामानको अभाव र महंगीले सबै मानिसको परिक्षण गर्न नसकिने उनले बताए ।

कोरोना परीक्षण जहाँतहाँ गर्न नसकिने भएकाले समस्या भएको मन्त्री घिमिरेले वताए । प्रदेश १ मा तीन स्थानबाट पीसीआर परीक्षणको प्रवन्ध गरिएसँगै परीक्षणको दर बढेको उनले बताए । प्रदेशका सबै जिल्लामा समान रुपमा स्वास्थ्य सामाग्री प्रदेश सरकारले पठाएको मन्त्री घिमिरेले बताए । उनले भने,‘ संक्रमण देखिएका जिल्लालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।’ मन्त्री घिमिरेले धनकुटामा संक्रमितको ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङको आधारमा करिब ५ जनाको परिक्षण गर्न सकिने बताए ।

परिक्षणका लागि आवश्यक किटको अभाव भएपनि संक्रमण भएको ठाउँमा परीक्षण नरोकिने सामाजिक विकास मन्त्री घिमिरेले बताए । मन्त्री घिमिरेले जिल्ला अस्पताल धनकुटाको पनि निरीक्षण समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर