पूर्वाञ्चल खबर
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा आज विहान मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । वैशाख ३० गते नेपाल आएका उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमै उनको मृत्यु भएको हो ।
यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलामा पनि कोरोना भाइरसको पुष्टि भएको थियो । मृतक महिलाको स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार हिजो नै अन्त्येष्टि गरिसकिएको छ । अहिले उनको १२ दिने शिशुसहित परिवारका सदस्यलाई आइसोलेसनमा राखिएको छ ।