पूर्वाञ्चल खबर
एलोपैथिक उपचार विधि भन्दा होमियोपैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउँदै नेपाल होमियोपैथिक चिकित्सक संघले प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।
चिकित्सक संघका महासचिव रवि प्रकाशले होमियोपैथिक औषधि आर्सेनिक एल्व ३० ले रोगप्रतिरोधात्कम क्षमतामा बृद्धि गर्ने औषधि भएकोले यो औषघि प्रयोग गर्न प्रदेश सरकासँग माग गर्दै ज्ञापन पत्र बुझाएको हो । होमियो औषधिले पुराना तथा दिर्घ रोगहरुको सफल उपचार गर्दै आएको र सो उपचार विधि विश्वमै सफल मानिएको हुनाले कोरोनो भाईरस विरुद्धको उपचारमा होमियोपैथिक ओषधि प्रयोग गर्न आग्रह गरेको बताए ।