विराटनगर, १३ माघ/ विराटनगरको आयल निगम पूर्वमा रहेको मोर्डन एरा उच्च माविमा तीन दिने मोर्डन एरा स्पोर्टस् मिट २०७३ सुरु भएको छ ।
स्कुल परिसरमा बिहीबार एक कार्यक्रम गरी शनिबारसम्म सञ्चालन हुने स्पोर्टस् मिट सुरु गरिएको हो ।
स्पोर्टस् मिटको उद्घाटन उच्च माविको अध्यक्ष रामकुमार श्रेष्ठले गरे । तीन दिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा फुटबल, भलिबल, क्रिकेट, ब्याटमिटन, बास्केटबल, सटपुट, म्याराथुन, साइकल रेस, एथलेटिक्सलगायतको एक दर्जन खेल समावेश गरेको भाइस प्रिन्सिपल प्रकाश कुमार झाले जानकारी दिए । विद्यर्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्कुलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता गर्दै आएको प्रिन्सिपल रामप्रसाद घिमिरेले बताए । स्पोर्टस् मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्मका ५ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।
सोही अवसर पारेर स्कुलले ‘मोर्डन एरा सिंगीन स्टारको क्टारफाइनल सम्पन्न गरेको छ । स्कुल परिसरमै सम्पन्न भएको प्रतियोगिताबाट २० जना सेमिफाइनलको लागि छनौट गरिएको छ । उच्च माविले असअघिको पहिलो चरणको विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको उमाविको संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए । आर्टस् अफ मोर्डन एरा, मोर्डन एरा आइडल, मिस एण्ड मिस्टर मोर्डन एरालागयतको विभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
प्रतियोगिताको निर्णायकमा गायक सुमन श्रेष्ठ, दिपेन थापा, मनोज राउत र कृती श्रेष्ठ रहेका छन् ।