विराटनगर÷ रक्त संचार सेवा दिवशका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा रक्तदाता संघसंस्था र रेडक्रसका उपशाखाहरुलाई सम्मान गरियो ।
रक्त संकलनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सम्मान गरका हुन ।
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको स्वर्ण जयन्तीका अवसरमा राज्यमन्त्री गुरुङले स्वर्ण जयन्ती स्मारिका विमोचन गरे ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले रेडक्रसले पाच दशकभन्दा लामो सयमदेखि विभिन्न आरोहअवरोहका बीचमा मानवीय सेवाका काम गर्दे आएको जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुबोधकुमार सिंहले आर्थिक बर्ष २०७२÷०७३ मा १४ हजार ५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएकोमा १४ हजार ५ सय ५७ पिन्ट रगत संकलन भएको जानकारी दिए ।