पूर्वाञ्चल खबर

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपर्युक्त हुने भन्दै, कानुनी वाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गर्न सरकारलाई अनुरोध गरेका छन् ।
२०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्याब्सनको सुझाव छ ।