AArya
RUMPUM
animated ellipse animated ellipse

एजेलियमा स्पोर्टस् मिट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार २०:२०
3
Shares
विराटनगर, माघ १०/ विराटनगर–१ मा रहेको एजेलिया सेकेण्डरी बोर्डिङ स्कूलमा तीन दिने स्पोर्टस् मिट शुरु भएको छ ।
स्कूल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरि स्पोर्टस् मिट सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा भलिबल, चेस, टेबलटेनिसलगातियको खेलहरु समावेस गरिएको स्कूलका प्रिन्सिपल सेवक बजगाईले जानकारी दिए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका निर्देशक दिनेश ढुंगनाले बताउनुभयो । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई ट्रफि तथा मेडल वितरण गर्ने स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर