AArya
RUMPUM
animated ellipse animated ellipse

विपन्न र असाहयलाई न्यानो कम्बल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार १६:०७
3
Shares
तस्वीर- प्रेम लुङ्गा
विराटनगर, माघ १० / सामुदायिक सेवा केन्द्र रानी विराटनगरले जाडोलाई छेक्न विपन्न र असाहयलाई न्यानो कम्बल वितरण गरेको छ ।
विराटनगर २० मा रहेको रानी यूवा क्लबले सोमबार कार्यक्रमको आयोजना गर्दै दक्षिणीभेगका ६२ जनालाई कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथी सभाषद एवम् नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारी, उद्योगी एवम् ब्यावसायी श्री निवास सारडा लगायतले कम्बल वितरण गरे । सामुदायिक केन्द्रलाई एक थान साउण्ड सिस्टमसमेत हस्तान्तण गरिएको छ ।
विराटनगरको दक्षिणीभेगको १६, १७, १९,२०,२१ र २२ वार्डका एकल महिला ,अपाङ र विपन्नहरु वर्गलाई लक्षित गरेर न्यानो कम्बल वितरण गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथी डिब बहादुर लिम्बु,एसपी भण्डारी, जोगबनी नगरपञ्चायतका उप–मेयर नरेशप्रसाद , उद्योगी व्यावशाहीले जाडोमा यसरी उनीहरु प्रतिको काम र सेवाको सहरानीय काम गरेको भन्दै प्रसंसा गरेका थिए ।
आयोजक संस्थाका सचिव अर्जुनकुमार क्षेत्रीले विगत लामो समय देिख सामाजिक क्षेत्र लागुऔषध रोकथाम सम्बन्धी जनचेतना मुलक काम गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर