AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ लाख ९१ हजार ५५ को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७७, शुक्रबार ०९:०७
3
Shares
विराटनगर / विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९१ हजार नाघेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ७ हजार १ सय २८ जनाले ज्यान गुमाएका छन् ।

वल्डोमिटरको तथ्याङ्कअनुसार आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ९१ हजार ५५ पुगेको हो ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकामा ५० हजार २ सय ४३ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । विगत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ८ लाख ८६ हजार ७ सय ९० जना संक्रमित भएका छन्। बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६ तथा बेलायतमा १८ हजार ७ सय ३८ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

विश्वभर हाल सम्म २७ लाख २५ हजार ३ सय ९१ मा कोरोनाको संक्रमण देखिइसकेको छ । ७ लाख ४५ हजार ८ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४८ जनामा संक्रमण देखिएमा ९ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर