AArya
RUMPUM
animated ellipse animated ellipse

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार १५:१७
3
Shares
सप्तरी, माघ १० /पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा आज बिहान मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ का ३३ बर्षिय ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवानले चलाएको को २६ प ३००१ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोमा राजमार्गमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते प्रहरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर