AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आज थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७७, बिहीबार १६:४७
3
Shares
विराटनगर /आज थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

आज उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका–३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २९ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालकमा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै नेपालका कम उमेरका पहिलो कोरोना संक्रमित देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर