पूर्वाञ्चल खबर

प्रहरीले, आफु खुसी स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका १ हजार ७ सय ७० वटा प्लाष्टिकका बोतलहरु बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १ हजार ५ सय खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरीएको छ ।
पक्राउ परेका सेनिटाईजर उत्पादक र बिक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।