RUMPUM
animated ellipse animated ellipse

सवारी पास लिएर लागुऔषध तस्करी गर्ने दुई जना मोरङमा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७६, बुधबार १९:३१
3
Shares
विराटनगर / मुलुक लकडाउन भइरहेको अवस्थामा सवारी पास लिएर लागुऔषध तस्करी गर्ने दुई जना मोरङमा पक्राउ परेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय तथा नष्रपालिका र वडा कार्यालयको अनुमतिमा सवारी पास लिएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारी स्थित पूर्वपश्चिम राजमार्गबाट सवारीपास भएको मोटरसाईकलमा सवार दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । सिराहको साविक चन्द्रलालपुर मिचैयाँ ३ घर भइ हाल गोलबारज नगरपालिका ३ का २३ वर्षिय सन्तोष सिंह र सोही ठाउँका २४ वर्षिय बिजयकुमार मण्डललाई ब्राउन सुगरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ३२ ग्राम ६९ मिलिग्राम ब्राउन सगुर बरामद गरेको एसपी अधिकारीले बताए ।

पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले भिडियो ‘कन्फेरेन्स’ मार्फत जानकारी दिइएको हो । ब्राउन सुगरको तस्करी गर्ने गिरोहले साथमा सवारी पास पनि भेटिएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. २–०१००१ प २६७२ नम्बरको मोटरसाइकलमा चेकजाँचको क्रममा इप्रका बेलकारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । मण्डलले लगाएको जुत्ताभित्र मोजामा ब्राउनसुगर लुकाएर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

कारोना नियन्त्रणमा राज्यले लकडाउन गरिएको अवस्थामा तस्करीमा लागेको गिरोहले मौकाको फाइदा उठाउँदै अवैध धन्दा सञ्चालन गरिरहेको खुलेको छ । पक्राउ परेकाहरुले झापाको दमकबाट ब्राउन सुगर ल्याएको प्रारम्भिक बयान दिएका छन् । उनीहरूको सञ्जाल पत्ता लगाउने प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

बरामद भएको ब्राउन सुगरको बजारमुल्य प्रतिग्राम ५० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । उनीहरूको सञ्जाल पक्ता लागउने प्रहरीले अनुसन्धान सुरू गरेको छ,’ एसपी अधिकारीले भने । पक्राउ परेका दुवै जनालाई इप्रका बेलबारीले थप अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर