AArya
RUMPUM
animated ellipse animated ellipse

बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७६, सोमबार १७:४३
3
Shares
काठमाण्डौ / कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको समयावधि ८ दिन थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर