पूर्वाञ्चल खबर
झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा आज तुम्बापोको निधन भएको हो । केही समयदेखि ब्लड क्यान्सरको समस्यासँग जुझिरहेका तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि उनलाई झापा लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचारका क्रममा तुम्बापोको निधन भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।
उनलाई आज दिउँसो साढे दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो । राष्ट्रिय युवा संघ पाँचथरका सह–संयोजकसमेत रहेका तुम्बापो जिल्लामा जुझारु र शालीन युवा नेताका रुपमा परिचित थिए । स्वर्गीय तुम्बापो तात्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष तुम्वापोको निधन भएकै दिन उनको श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन्। बिहान ३ बजेको समयमाा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिदिए । उनको परिवारमा अब दुई छोरीहरु भएका छन् ।