AArya
RUMPUM
animated ellipse animated ellipse

नर्सलाई घरबाट निकाल्ने वडासचिव प्रहरीको नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार १८:५२
3
Shares
दाङ / कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने घोराहीका एक घरबेटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाफ नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिवसमेत रहेका आचार्यले घरमा बस्ने नर्स खड्कालाई घरबाट निकाला गरेको समाचार संचारमाध्यममा आएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । पीडितले उजुरी दिएपछि मुद्दा प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।

अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले आफूहरु असुरक्षित रहने भन्दै घरबेटी आचार्यले कोठा छोड्न दबाब दिएपछि १५ गते खड्का होटेलको कोठामा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर