पूर्वाञ्चल खबर
सङ्घीय र प्रदेश सरकारको सहयोगमा ल्याब परीक्षण सञ्चालनमा आएको हो । ल्याबको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । ल्याब सञ्चालनमा आएपछि मुख्यमन्त्री राईसँगै सामाजिक विकास मन्त्री जीवन घिमिरेले निरीक्षण गरेका छन् । प्रतिष्ठानमा रहेका उपचारस्थलको निरीक्षण गरिएको हो । ल्याबसँगै हेल्प डेस्क, आइसोलेसनको पनि निरीक्षण गरिएको थियो ।
कोरोनाका बिरामीहरूलाई उपचार गरिने प्रक्रियाका बारेमा भने प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले जानकारी गराएका थिए । ल्याबको प्रक्रियाको बारेमा भने माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईले जानकारी गराएका थिए ।
कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै हुँदै आएको थियो । अब भने धरानमै भए पछि प्रदेश १ तथा २ नम्बर प्रदेशका बिरामीको स्वाब परीक्षण गरेर कोरोना भए नभएको जानकारी दिन सक्ने छ ।
सरकारले धरान, पोखरा र नेपालगञ्जबाट पनि कोरोना परीक्षण गर्ने निर्णय गरेको भएपनि तत्काल धरानबाट मात्र सुरु गरेको हो । प्रतिष्ठानको माइक्रोबायोलजी युनिटले प्रतिष्ठानकै आइसोलेसनमा भर्ना भएका तीन जना बिरामीको स्वाब संकलन गरेर परीक्षण थालेको छ ।