RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का प्रदेश प्रमुखले एक महिनाको पारिश्रमिक कोभिड–१९ उपचार कोषमा प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७६, मंगलवार १८:१२
3
Shares

विराटनगर / कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएका ‘ कोराना भाइसर सङक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यारीले एक महिना बरावरको आफ्नो पारिश्रमिक प्रदान गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसर(कोभिड–१९ ) रोगको सङक्रमण फैलिन नदिनका लागि नेपाल सरकारवाट स्थापित कोषमा सहयोगका लागि उक्त रकम प्रदान गर्नु भएको प्रदेश प्रमुख सचिवालय सदस्य खेमराज अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी विज्ञप्तिमा सरकारले कोभिड–१९ प्रति गरेको रोकथाम नियन्त्रण तथा उपचारका उपाय र सर्तकताका लागि सम्पूर्ण नेपाली जनताले यो रोग विरुद्ध होस्टेमा हैसे गरी एक जूट भई लड्न पने अवस्था भएकाले आफू वाँचेर अरुलाई पनि वचाउँन सवैमा हार्दिक अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर