पूर्वाञ्चल खबर
सामाजिक अभियनता तथा विराटनगरका होस्टेल व्यवसायी समेत रहेका राकेश रोशन यादवले होस्टेल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको हाम्रो नेपाल होस्टेल निशुल्क उपलब्ध गराउने उनले बताए । कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश १ सरकारका सामाजिक विकास मन्त्रालयले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।
प्रदेश १ को राजधानी विराटनगर देश र प्रदेशकै प्रमुख नाका हो, नाकाबाट ओहोरदोहोर गर्नेको संख्या अत्याधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिम पूर्ण पनि छ,’ उनले भने, ‘प्रदेश सरकारको यस महामारी विरुद्धको महाअभियानमा काधमा काध मिलाई अगाडी बढ्ने दाइत्व बोध गर्दै, यस प्रदेशको बासिन्दा भएको नाताले प्रदेशमा संक्रमण हुन नदिने हाम्रो पनि प्रमुख जिम्मेवारी हो, कोरोना विरुद्ध लडन यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होस्टेल प्रयोग गर्न दिने घोषणा गरेका यादव हुँ ।’
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा, प्रदेश सरकार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावको वारेमा चिन्तित रहेकोले प्रदेश सरकारलाई निशुल्क होस्टेल उपलब्ध गराउने यादवले घोषणा गरेका छन् ।