पूर्वाञ्चल खबर
सोहि कार्यलाई सहयो गर्ने उदेश्यले मोरङ सुन्दरहरैचाका युवराज पौडे्लले आफ्नो भर्खरै निमार्ण सम्मन्न हुन लागेको ५ तले घर सरकारलाई दिने निणर्य गरेका छन ।
भनिन्छन प्राथना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ भने जस्तै मोरङ सुन्दरहरैचा ९ विराटचौकका पौडे्ल सेवा गर्न तयार भएका छन् । नेपाल आर्मी र प्रदेश १ सरकारको पूर्व तयारीलाई साथ दिन पौडेलले आफ्नो ५ तले घर क्वारेनटाइनका लागि निशुल्क उपलव्ध गराउने जनाएका छन् ।
पौडेलले आफ्नो १० कोठा रहेको ५ तले घरमा १ सय जना भन्दा बढीलाई आवश्यक्ता परेको खण्डमा उपचार गर्न सक्ने क्षमता रहेको बताए । उनले स्थानिय सरकार, प्रदेश सरकार र सम्वधित निकायले आवश्यकता महशुस गरेको खण्डमा क्वारेन्टाइन सेवाका लागि आफ्नो घर उपलव्ध गराउने प्रतिवद्धता जनाएका हुन ।