AArya
RUMPUM
animated ellipse animated ellipse

जवाफदेहि फोटो प्रतियोगितामा शुशिल प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७३, शुक्रबार १९:२०
3
Shares
तस्वीर- प्रेम लुङ्गा
७, माघ,विराटनगर/ विकल्प एण्ड अल्टर नेटिभले आयोजना गरेको जवाफदेहि फोटो प्रतियोगिताको प्रथम पुरस्कार विरगञ्जका शुशिल कुवर साहले जितेका छन् ।
खोलामा निर्माण हुदै गरेको पूल मुनि बासको पुल राखेर रकम उठाउने गरेको तस्वीर खिचेका थिए । प्रतियोगितामा प्रथम भएको साहको फोटोले २५ हजार नगत पुरस्कार जितेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नितेश ओस्तीलेले जितेका छन् । ओस्तीले १५ हजार नगद प्राप्त गरे । जथाभावी फोहोर थुपारेको फोटो भने सरोज पौडयालले खिचेको तस्वीरले सर्वाधिक रुचाइएको पुरस्कार पाएको छ । पौडयालले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
पौडयलालले विराटनगरको व्यस्त सडकमा घर निर्माणका सामाग्री राखेको तस्वीर खिचेका थिए ।
अनलाइन आवेदन खुलाइएको प्रतियोगितामा देशभरबाट जवाफदेहिता सम्बन्धी फोटो प्रतिस्पर्धाकालागि पठाइएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर