RUMPUM
animated ellipse animated ellipse

अल नेपाल खुल्ला स्नुकर प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७६, शुक्रबार १८:३०
3
Shares

पुष्पराज थपलिया
विराटनगर/ नेपाल फष्ट व्रेक स्नुकर क्लवको आयोजनामा अल नेपाल खुल्ला स्नुकर प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आज विराटनगरमा क्लवले चैत २ गतेदेखि प्रतियोगि आयोजना गर्ने बारे पत्रकार सम्मेन गरेर जानकारी दिएको छ । १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरि १ सय २८ जना खेलाडि सभागि रहने क्लवका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले १ लाख ८० हजार तथा ट्रफि प्रदान गरिने बताए ।

दोस्रो हुने खेलाडिले ८० हजार तथा सेमिफाइनबाट बाहिरिने खेलाडिलाई जनही २५ हजारसहित आकर्षक पुरस्कार दिइने सचिव निमेश बस्नेतले बताए । प्रतियोगितामा उत्कृष्ट अुने खेलाडिलाई नगद १५ हजार, प्रतियोगिताभर १ सय भन्दा बढी स्कोर गर्ने १ जना खेलाडिलाई नगद ३० हजार तथा ७० भन्दा बढी स्कोर गर्ने १ जना खेलाडिलाई नगद १५ हजार दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर