RUMPUM
animated ellipse animated ellipse

इटहरीमा क्षेत्रिय ग्रासरुट लिग फुटबल सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७६, बुधबार १९:४७
3
Shares

इटहरी / सुनसरीको इटहरीमा आजदेखि सुरु ग्रासरुट क्षेत्रिय लिग फूटबलमा सुनसरी र उदयपुरले अंक बांडेका छन ।

इटहरी २० तरहरामा सुरु लिगको उद्घाटन खेलमा सुनसरी र उदयपुरले एक एक अंक बांडेका हुन । दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको उद्धघाटन खेलमा सुनसरी र उदयपुरले गोलरहित बराबरी खेलेपछी अंक बांड्न बाध्य भएका हुन । आगामी शुक्रबारसम्म चल्ने लिगको इटहरी उपमहानगरपालिका वार्ड नं २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उद्धघाटन गरे ।

लिगमा प्रदेश एकका झापा, मोरंग, सुनसरी र उदपयुर गरी चार जिल्ला सहभागी रहेको अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला अध्यक्ष केशव कार्कीले जानकारी दिए । लिगमा १० र १३ बर्ष उमेर समुह गरी दुई बिधामा खेल हुनेछ । लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरिय लिग खेल्न पाउने कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर