पूर्वाञ्चल खबर
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचास्थित सिद्धार्थ सेकेण्डरी स्कूलले रजत उत्सव मनाएको छ ।
स्कूल स्थापना भएको २५ वर्ष पुरा भएको उपलक्ष्यामा सिद्धार्थ स्कूलले हिजो र आज विभिन्न कार्यक्रम गरि रतज उत्सव मनाएको हो । हिजो नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाम्फेले उद्घाटन गरेपछि सुरु भएको रजत उत्सव आज प्रदेश सभा सदस्य राजकुमार ओझाको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको हो ।
रजत उत्सव अन्तरगत विद्यालयको स्मारिका विमोचन, रतज स्तम्भ अनावरण, भवन उद्घाटन तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सो अवसरमा पूर्व शिक्षक, पूर्वविद्यार्थी, अभिभावक, कर्मचारी तथा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरिएको थियो । दुई दिनसम्म भएको रजत उत्सव भव्यतापूर्वक सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले बताए ।
उत्सवमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न विषयसँग सम्बन्धित सामाग्रीहरुको स्टल बनाएर प्रदर्शन गरिएको थियो । मौलिक नेपाली परम्परागत सामाग्रीहरु, विभिन्न हस्तकलाका समानहरु तथा गणित, विज्ञान, नेपाली लगायत विषयसँग सम्बन्धित सामाग्रहरु तयार पारेर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । यस्तै विद्यार्थीहरुले विभिन्न आधुतिक गीतका साथै साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।