AArya
RUMPUM
animated ellipse animated ellipse

अनुशिक्षण प्रशिक्षण तालिम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७३, बुधबार २२:१५
3
Shares

५ माघ, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी हवल्दार र जवानका लागि पहिलो चरणको ६ दिने सुरक्षा नियन्त्रण विशेष अनुशिक्षण प्रशिक्षण तालिम आज बुधबारदेखि सुरु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले तालिमको उद्धघाटन गरेका थिए । प्रहरी निरीक्षक एवं प्रमुख प्रशिक्षक जमुना कुमारी बस्तेनले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तालिममा आठ जना हवल्दार र चार महिला सहित २९ जना जवान गरी ३७ जना प्रहरी प्रशिक्षार्थीको सहभागिता रहेको छ । चार चरणमा संचालन हुने तालिममा मोरङ प्रहरी मातहतका युनिटमा कार्यरत एक सय ५१ जनालाई सुरक्षा सम्बन्धी प्रशिक्षण दिइने छ ।

यस अघि दुई चरणमा भीड नियन्त्रण तालीम र पाँच चरणमा अपराध नियन्त्रण तथा अनुसन्धान तालिम सम्पन्न भएको छ । नेपाल प्रहरीको अन द जव ट्रेनिङ अन्तर्गत मोरङ प्रहरीले पनि निरन्तर रूपमा तालिम संचालन गरी प्रहरी कर्मचारीहरूलाई दक्ष बनाउने कार्य गरिरहेको पहरी उपरिक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर