AArya
RUMPUM
animated ellipse animated ellipse

मेलीना राईले तताइन् विराट एक्स्पो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७६, आईतवार २१:५८
3
Shares
विराट एक्स्पोमा गित गाउँदै मेलीना राई । तस्वीर : पुुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर । चर्चित गाइका मेलीना राईले मोरङको विराटनगर– २ शंकरपुर मार्गमा भएका विराट एक्स्पोमा सहभागिरुलाई प्रयाप्त मनोरञ्ज प्रदान गरेकी छिन् ।

गायिका राई एक्स्पोमा करिव ४५ मिनेटसम्म मेलामा सहभागिहरुलाई आफ्नो प्रस्तुतीमा तान्न सफल भइन् । मेला करिव राईले आप्mना चर्चित पुरानो तथा नयाँ गित गाएर उपस्थित खचाखच दर्शकलाई मनोरञ्चन दिएकी थिइन् । एक्स्पोमा राईले कुटुमा कुटु सुपाडी दाना, भइगो भइगो तिमिसँग माया,कसरी कसरीलगायतका गित गाएर मनोरञ्जन दिएकी थिइन् ।

एक्स्पोमा गएका ग्राहकहरूले दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोरञ्जन लिदै आएका छन् ।

मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक उद्योग संगठन मोरङले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन लिदै आएका हुन् । दर्शक स्रोताको ढुकढुकमी बस्न सफल भएका कलाकार एक्स्पोमा ल्याएपछि ग्राहकहरूले सामान मात्र खरिद गरेर जादैनन मनोञ्जन समेत लिएर जाने गरेका छन् ।

मगलबार गायक कमल खत्री र शुक्रबार इन्दिरा जोशीले आफ्नो लोकप्रिय गीतले मनोरञ्जन प्रदान गर्ने कार्यक्रममा उद्घोष गरिरहेकी अनुपमा बासतोलाले जानकारी राईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर