पूर्वाञ्चल खबर
विराटनगर ।/ बुढीगङ्गा २ टंकिसिनवारीमा रहेको जेभियर्स स्कूलका विद्यार्थीहरुले लैङ्गिक विभेद र असमानता विरुद्ध आज र्याली निकालेको छ।
विद्यालयबाट लैङ्गिक विभेद र असमानता विरुद्ध ब्यानर र प्लेकार्डसहित नारा लगाउँदै निस्किएको र्यालीमा स्कूलका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो।
स्कूल परिसरबाट निस्किएको र्याली टंकिसिनवारी बजार परिक्रमा गरी स्कूलमा नै पुगेर समापन भएको थियो।
पिछडिएको समुदायलाई सचेत गराउने र समाजमा कायम रहेको लैङ्गिक विभेदका विरुद्ध आवाज उठाउने उद्देश्यले उक्त रयालीको आयोजना गरिएको स्कूलका प्रधानाध्यापक परेश पोखरेलले बताए।