पूर्वाञ्चल खबर
विराटनगर /विराटनगर – ८ मधुमाराकी सारदा भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर यहाँ रहेको विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचार गरिदिन अक्षयकोष खडा गरिदिएका छिन् । उनले आफ्नो ४५ औं जन्मदिनको अवसरमा आज ५० हजार १ सय ५ रूपैयाँको अक्षयकोष खडा गरिदिएकी हुन् ।
वृद्धाहरू विरामी भएको बेला उपचार र औषधी खान आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोषको स्थापना गरिएको उनले बताइन् । जन्मदिनमा मानिसहरूले तामजामको साथ पार्टी गरि मनाउने प्रचलनलाई हटाउँदै सारदाले जन्मदिनमा गरिने फजुल खर्च वृद्धाश्रममा दिएको उनले बताइन् । आश्रममा एक कार्यक्रम गरि अक्षयकोषको रकम विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई भण्डारी र उनका श्रीमान रन्जन कार्कीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
वृद्धाहरूको औषधी उपचारका लागि स्थापना गरिएको अक्षयकोषको रकम आगामी दिनमा थप वृद्धि गर्दै लैजाने सारदाका श्रीमान रन्जलले बताए । २ वर्षदेखि जम्मा गरिएको पैसाँ सारदाले आफ्नो स्वर्गिय भएका सासु तुलसा देवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षयकोष स्थापना गरिएको उनले बताइन् । यस वृद्धाश्रममा ६१ जना जेष्ठ नागरिक रहेका छन् ।