पूर्वाञ्चल खबर
विराटनगर / सङ्घीय सरकारको कार्यकाल भित्र जेष्ठ नागरिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
आज विराटनगरमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले ९० वर्ष माथिका जेष्ठ नागरिक सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रममा मुख्यमन्त्री राईले १ सय ४ वर्षिय चित्रलेखा श्रेष्ठ, १ सय १ वर्षिया शुभकुमारी उपाध्याय, १ सय १ वर्षिया कृष्णमाया खड्का र १ सय १ वर्षिय नारायणप्रसाद रेग्मीलाई नगद ५ हजार, दोसल्ला, उपहारकासाथ सम्मान गरे ।
प्रदेश सरकारले ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई वार्षिक पाँच हजार प्रोत्साह भत्ता उपलव्ध गराउने घोषणा अनुरुप आजदेखि सो कार्यको शुभारम्भ गरिएको हो ।
सम्मान कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले जेष्ठ नागरिकको हकहित र सुरक्षाप्रति चिन्तित रहेको बताए । नेपाली जनताले लेखकेको संविधानवाट जनता मालिक भएकोे बताउदै मुख्यमन्त्री राईले सङ्घीयताको सफल कार्यान्वयनवा विकासको लहर दुर्गम र जनतामा पुगी जनताले चाहेको सुखी नेपालीको आकाँक्षा पुरा हुने बताए । उनले सङ्घीयताले हिमाल देखि तराई, जातजातिवीच एकता,ेविभेद अन्त्य, पहिचान र नेतृत्व कायम गरी जनताको घरदैलोमा सेवा सुविधा उपलव्धता गराएको जानकारी दिनु भयो ।
प्रदेश सरकार जनताको सुखदुःखमा उपस्थित हुने बताउदै मुख्यमन्त्री राईले सङ्घीयतामा जनताको घरदैलोमा २४ घण्टा सरकारको उपस्थिति हुने बताए । उनले प्रदेश सरकारले योजनावद्ध ढगवाट विकास निर्माणको कार्य अगाडि वढाएकोले अहिले दुई वर्षको सफल उपलव्धिका साथ सरकार अगाडि वढिरहेको समेत बताए ।
प्रदेश सरकारको जेष्ठ नागरिकको ज्ञान, शिप र अनुभव ग्रहण गरी नयाँ पुस्तामा हस्तान्तरण गरी विकास र समृद्ध कार्यको लक्ष्य पुरा गर्न आगाडि वढीरहेको मुख्यमन्त्री राईले जानकारी दिए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले जेष्ठ नागरिक गृह वनाउनका लागि मोरङको ग्रामथान गाँउपालिकामा ११ विघा जग्गा खरीद गरी विस्तृत अध्ययन प्रतिवेदनका आधारमा निर्माण कार्य यसवर्षदेखि शुरु गरिने वताए ।
जेष्ठ नागरिकलाई निजी क्षेत्रको अस्पतालमा तोकिएको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट भएकोले उपयोग गर्न आग्र्रह गर्दै मन्त्री घिमिरेले सार्वजनिक यातायातका साधनमा जेष्ठ नागरिकको सिट आरक्षण कडाइका साथै कार्यान्वयन गरिने बताए ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले जेष्ठ नागरिकहरु अनुभवको संगालो भएकोले राज्यले सम्मान गर्नु कर्तव्य भएको विचार राखिन् ।
के भन्नु हुन्छ जेष्ठ नागरिकहरु
आज सम्मानित हुने जेष्ठ नागरिक विराटनगर–७ निवासी एक सय चार वर्षीया चित्रलेखा श्रेष्ठले प्रदेश सरकारवाट आज सम्मान पाउँदा आफ्नो घरदैलो सरकार भएको अनुभूति भएको बताए ।
जेष्ठ नागरिक एक सय एक वर्षिय नारायणप्रसाद रेग्मीले मुलुकमा सङ्घीयता कार्यान्वयनवाट आज सम्मान पाउँदा खुशी लागेको विचार व्यक्त गरे ।
यसैगरी विराटनगर–३ निवासी एक सय वर्षिय कृष्णमाया खड्काले सम्मानले ज्यादै खुशी लागेको बताउदै आगामी दिनमा यसरी अरुलाई सम्मानको गर्नुपर्नेमा जोड दिइन् ।
विराटनगर ९ निवासी एक सय एक वर्षिया शुभकुमारी उपाध्यायले जेष्ठ नागरिकहरुले सरकार भएको अनुभूति हुने कार्य प्रदेश सरकारले गरेकोमा धन्यवाद दिदै आगामी दिनमा जेष्ठ नागरिकहरुलाई हक हितका लागि थप कार्य हुने विश्वास जनाइन् ।
प्रदेश १ को ४४ स्थानीय निकायको उपलव्ध तथ्याङक अनुसार दुई हजार सात सय ९० वर्ष माथिका जेष्ठ नागरिक रहेकामा विराटनगर महानगरपालिका भित्र ३ सय १६ जना हुनु भएको सोही अवसरमा जानकारी गराइयो ।