RUMPUM
animated ellipse animated ellipse

सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७६, बुधबार १०:३३
3
Shares

विराटनगर / आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ ।

नेपालले टस जितेर पाहुना टोली अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन ओभर फालेका थिए भने दोस्रो ओभरको छैटौं बलमा सन्दीपले इयान होल्याण्डलाई सुन्य रनमा पूर्व कप्तान पारस खडकाले पहिलो स्लिपमा क्याच गरेका थिए ।

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा ४ विकेट रह्यो ।

सुशनले ३ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ५ रन दिए भने सन्दीपले ६ ओभर बलिङ गर्दै एक मेडन ओभरका साथ १६ रन दिए । अमेरकाका लागि जेभियर मार्शलको १६ रन बाहेक अन्य कुनैले दोहोरो अंक बनाएनन् । अमेरिकाका चार खेलाडी शून्य रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर