पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि एभरेष्ट फुटबल तथा भलिबल टुर्नामेन्ट शुरु भएको छ ।
टुर्नामेन्टमा कक्षा ३ देखि ९ सम्मका खेलाडिहरुले भाग लिएका छन् । विद्यालयका ३ देखि कक्षा ५ सम्मका चारवटा हाउस, कक्षा ६ र ७ का चार हाउस र कक्षा ८ र ९ का चारवटा हाउसबिच प्रतिष्पर्धा हुने छ । विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईका अनुशार आज टुर्नामेन्टको उद्घाटनका कक्षा ३ देखि ५ सम्मका कर्णाली र मेचि तथा कोशी र गण्डकी हाउसबिच खेल भएको छ । जसमा मेची र गण्डकी विजय हुँदै फाइनल प्रवेश गरेका छन् ।
कक्षा ६ र ७ का कोशी र मेची बिच भएको प्रतिष्पर्धामा कोशी विजय हुँदै फाइनल प्रवेश गरेको छ । विद्यालयका प्राचार्य टीकाराम पुरीले रेफ्रीलाई बल दिएर उद्घाटन गरेका थिए । सोमबार कक्षा ६ र ७ को समूहबाट कर्णाली र गण्डकी बिच हुनेछ भने कक्षा ८ र ९ समूहबाट मेची र गण्डकी तथा कोशी र कर्णाली बिच हुने छ ।
यसैगरि आइतबार सम्पन्न भलिबलमा पुरुष तर्फ कर्णालीले गण्डकीलाई पराजित ग¥यो भने दोस्रो खेलमा कोशीलाई पराजित गर्दै मेचि फाइनल प्रवेश गरेको छ । महिला तर्फको भलिबलमा टीम ए र बि फाइलन प्रवेश गरेका छन् । भलिबलको स्पर्धामा भने कक्षा ८ र ९ का खेलाडीले मात्र भाग लिएका छन् । भलिबलको फाइनल खेल सोमबार हुने इन्चार्ज भट्टराईले जानकारी दिए ।