AArya
RUMPUM
animated ellipse animated ellipse

मन्त्री घिमिरे भारतमा सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७६, शनिबार १६:२७
18
Shares

विराटनगर / प्रोजेक्ट १०० नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले भारतको नयाँदिल्ली स्थीत कन्स्टिट्युसन क्लब अफ इन्डियाले फेब्रुअरी २ मा सामाजिक विकास मन्त्री जीवन घिमिरे नोबल सिटिजन अवार्डबाट सम्मान भएका छन् ।

नेपालको राजनितीक परिवर्तनको आन्दोलनमा युवा विद्यार्थीहरुको परिचालन गरेका मन्त्रीको जिम्मेवारीमा आएपछि शिक्षा, स्वास्थ र सफाइका क्षेत्रमा नवीनतम कामको थालनी गरि महत्वपूर्ण योगदान पुर्याएकोमा घिमिरेलाई उक्त अवार्डबाट सम्मानित गरिएको होे ।
समारोहमा नेपाली प्रतिनिधि मण्डल तर्फबाट नेपालको राष्ट्रिय झण्डा, तुल ब्यानरसहितको प्रदर्शन गर्दै भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल भ्रमण गरि भ्रमण वर्ष सफल पार्न सबै विदेशी पाहुनाहरुलाई आह्वान समेत गरिएको थियो ।

भारत भ्रमणका दौरानमा मन्त्री घिमिरेले भारतका लागि नेपाली राजदुत निलम्बर आचार्यसंग समसामयिक विषयमा छलफल गरेका थिए । मन्त्री घिमिरेले भेटघाट गर्ने क्रममा भारत सरकारका स्वास्थ्य मन्त्री एएल हेल्क, मेघालय स्टेटका युवा तथा खेलकुद मन्त्री किरण रिजुजु र विजेपिका राष्ट्रिय सचिव शुनिल भिदेवदरसंग महत्वपूर्ण भेटघाट र छलफल गरेका थिए ।

भ्रमणकै क्रममा पतञ्जलि योगपिठ हरिद्वारले समेत मन्त्री जीवन घिमिरेको सम्मानमा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आचार्य बालकृष्णलगायत पिठका विभिन्न विषय विज्ञहरुसंग नेपालको योग आयुर्वेद र प्राकृतिक चिकित्साको विकास र विस्तारका सम्बन्धमा गहन छलफल भएको थियो ।

नेपालमा जडिबुटी खेति, उत्पादन, प्रशोधन, बजारीकरण लगायतका विषयहरुमा छलफल भएको थियो । सोही अवसरमा मन्त्री घिमिरेले स्वामी राम देवलाई प्रदेश १ को भ्रमणको निमन्त्रणा समेत दिए । मन्त्री घिमिरेले पतञ्जलि पिठद्वारा सञ्चालित अस्पताल, रिसर्ज सेन्टर र योग ग्रामको समेत अध्ययन तथा अवलोकन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर