पूर्वाञ्चल खबर
विराटनगर / एडिभीको लगानिमा सबैभन्दा बढी योजना परेको वडा हो, विराटनगर १० । वडा भित्र जम्मा ठूलो र साना गरि १ सय ३ सडकहरू रहेका छन् ।
७० ठूला र साना गल्ली ३३ वटा सडक रहेको विराटनगर १० का वडाअध्यक्ष माधवराज वाग्लेले जानकारी दिए । उनका अनुसार करिब ९५ प्रतिशत ठूला सडक पिच निर्माण भइरहेको छ । अन्य बाँकी रहेको सडक पनि निर्माण कार्य जारी रहेको छ । करिब ६५ ठूलो सडक ड्रनसहितको पिच भइरहेको वडाअध्यक्ष वाग्लेले बताऐ । ‘गल्ली सडकहरू अहिले धमाधम काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘ग्राभेल, पिसीसी र आरसीसीको काम वडाको बजेटमा भइरहेको छ ।’
करिब ३ हजार २ सय घर धुरी रहेको यस वडामा १८ हजार जनसंख्या रहेको छ । वडा भित्रको युवायुवतीकाहरूका लागि वडा कार्यालयले ४५ दिनको बेसिक कम्प्यूटर तालिम आयोजना गरिसकेको छ । जसमा ३० जना युवा युवतीहरूको सहभागि थियो । बेरोजगार युवतीहरूका लागि सिलाइ बुनाए र गुडिया बनाउने तालिम दिएको छ । यहाँ रहेका आर्थिक अवस्था कमजोर र सिमान्त्तकृत सामुदायका युवतीहरूले उक्त तालिम दिएको थियो । चालु आर्थिक वर्षमा आर्थिक अवस्था नाजुक र पिछडा सामुदायका बेरोजगार युवाहरूलाई डाइभिङ्ग तालिम दिने वडाको योजना रहेको वाग्ले जानकारी दिनुभयो । यस्तै सिमान्त्तकृत र पिछडा सामुदयका महिला र पुरूषहरूको क्षमता अभिवृद्धी र नेतृत्व विकासको तालिम पनि वडाले दिदै आएको छ ।
वडा भित्रको १५ स्थानमा सिसी टिभी
शान्ति सुरक्षालाई भरपर्दा बनाउन विराटनगर १० वडा कार्यालयले मुख्य १५ स्थानमा सिसि टिभी जडान गर्ने भएको वडा अध्यक्ष वाग्लेले जानकारी दिए । वडा भित्रको मुख्य चौकहरूमा चाँडै सिसी टिभी राख्ने तयारी गरिएको उनले बताए । वडा अध्यक्ष वाग्लेका अनुसार जहदा चौक, रेम्बो गल्ली, कलर ल्याब, त्रिमूर्ति चौक, युवा चौक, पिपल, शान्ति, प्रतिभा, किशोर, बुद्ध चौक, विधा पिचलगायतको क्षेत्रमा सिसी टिभि राख्ने योजना रहेको बताए ।

मुख्य चौकमा झण्डसहितको स्तम्भ
वडा भित्रको मुख्य चौकहरूमा नेपालकोे राष्ट्रिय झण्डासहितको स्तम्भ राख्न सुरु गरिएको वडा अध्यक्ष वाग्लेले जानकारी दिए । ‘सडक निर्माण भएको मुख्य चौकको चारतिर जाने सडकको बिचमा स्तम्भ राख्ने कार्यको सुरूवात भएको छ,’ वडा अध्यक्ष वाग्लेले भन्नुभयो, ‘अहिले वडा भित्रको त्रिभुवन चौकमा स्तम्भ सहितको नेपाली झण्डा राखिएको छ ।’ यस्तो स्तम्भले सडकलाई सुन्दर देखाउँने र सवारीको आगमनलाई पनि सहज पु¥याउने वडा अध्यक्ष वाग्लेले बताए । उनका अनुसार अन्य चौकहरूमा पनि विभिन्न संघसंस्थाको सहयोगमा स्तम्भ राखिने तयारी गरिएको समेत बताए ।
पोलमा नम्बरिङ्गसहित २० वार्डको बल्प
वडा भित्रको सहरलाई उज्यालो बनाउन ‘लाइटिङ्ग’ हवको रूपमा वडालाई चिनाउने लक्ष्य राखिएको वडा अध्यक्ष वाग्लेले जानकारी दिए । १० नम्बर वडा भित्र १ हजार १ सय ३२ वटा बिजुलीको पोलहरू छन् । ‘विगतका दिनमा पोलहरूमा सिएफल बल्प राख्ने चलन थियो । अहिले एलइडि बल्प राख्ने लक्ष्य रहेको छ,’ उनले भने, ‘४० वटा चोकमा सोलर रहेको छ । अब सोलरलाई पनि हटाएर वडा भित्रको हरेक चौकमा ४० वार्डको एलईडी बल्प राख्ने योजना छ । त्यसपछि रातीको समयमा पनि सजिलै सँग हिडडुल गर्न सकिन्छ ।’ वडाको बिजुलीको पोलहरूमा सिएफेललाई विस्थापित गरि १५ देखि २० वार्डको बल्प राख्ने क्रम सुरू भएको उनले बताए । यस्तै वडा भित्रको प्रत्येक विजुलीको पोलमा नम्बरिङ्ग गरिने पनि वडा अध्यक्ष वाग्लेले जानकारी दिए । ‘कुनै पनि सडकको बिजुलीको पोलको बत्तीमा कुनै खराबी आए काम गर्ने कर्मचारीलाई पहिचान गर्न सजिल्लो हुन्छ,’ उनले भने, ‘त्यही भएर बल्पसँगै विजुलीको पोलमा नम्बरिङ्ग गरिनेछ ।’
वृद्धालाई धाम, अपाङ्गलाई व्ह्लिचियर
जेष्ठ नागरिलाई तिर्थयात्रा लैजाने विराटनगर १० पहिलो वडा रहेको वडा अध्यक्ष वाग्लेले दाबी गरे । गत वर्ष १ सय ५० जना वडाका जेष्ठ नागरिकहरूलाई चर्तित धार्मिक स्थल पु¥याएर घुमाएर ल्याएको उनले बताए । जेष्ठ नागरिकहरूलाई धाम घुमाउन २ लाख रुपैयाँ बजेट बिनायोजन गरिएको उहाँले बताए । जेष्ठ नागरिकलाई घुमान मापदण्ड तय गरेको उनले बताए । तिर्थ घुम्न वडा भित्रको जेष्ठ नागरिक भएको र विराट सेवा आश्रमको सदस्य भएका वृद्धालाई धाम लैजाने गरिएको छ ।
यस्तै पूर्ण रूपमा अपाङ्गता भएका वडा भित्रका व्यक्तिहरूलाई व्हिल चियर प्रदान गरिएको वडाअध्यक्ष वाग्लेले जानकारी दिनुभयो । सिबिआरको सहयोगमा आधा दर्जन पूर्ण रूपमा अपाङ्गगता भएका व्यक्तहरूलाई व्हिलचिर्यर प्रदान गरिएको उनको भनाई छ ।