RUMPUM
animated ellipse animated ellipse

हक्कीको उपाधि प्रदेश ५ लाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७६, शुक्रबार २०:०६
3
Shares

विराटनगर / प्रदेश ५ ले दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

प्रदेश ५ ले आज विराटनगरमा भएको फाइनल खेलमा साविके विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको पेनाल्टी सुटआउटमा धकेलेको थियो । पेनाल्टी सुटआउटमा प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गरे यता गण्डकी प्रदेशका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरे भने सागर आचार्य र किसनबहादुर मागरले गोल गर्न सकेनन् ।

खेलको ३७ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले गरेका थिए । खेल सकिन १ मिनेट बाँकी रहेको अवश्थामा प्रदेश ५ का शशी दर्लामीले बराबरी गोल गर्दै खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो ।

फाइनल खेलको म्यान अफ द फाइनल प्रदेश ५ का रवि कान्त घोषित भए ।

त्यस्तै आजै भएको तेस्रो स्थानका लागि खेलमा विभागीय टोली नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलमा पराजित गरेको छ । खेलको ७, १०, २५ र ५५ औं मिनेटमा रोमन रानाले गोल गरे । २९ औं मिनेटमा नरेन्द्र कार्कीले गोल गरेका थिए । ३२ औं मिनेटमा राम साहले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको थियो । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । उदयीमान खेलाडी गण्डकीका पिताम्बर थापा, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ, सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामीले जनही नगद ५ हजार रुपैयाँ पुस्कार पाए ।

खेलाडीलाई प्रदेश १ नेपाली कांग्रेसको संसदीय दलका नेता राजीव कोइराला, नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बाँनियालगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर