पूर्वाञ्चल खबर
विराटनगर / दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश ५, बाग्मती र नेपाल आर्मी विजयी भएका छन् ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । प्रदेश ५ का लागि म्यान अफ द म्याच अमन कुमारले ८ र ५४ औं मिनेटमा गोल गरे भने २० र ४८ औं मिनेटमा राजन कुमार गोल थपे । त्यस्तै ३४ र ३९ औं मिनेटमा मनिष गुरुङले गोल गर्दै टिमलाई विजयी दिलाए ।
त्यसैगरी दोस्रो खेलमा बाग्मती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित गरेको छ । बाग्मतीका समिर घिमिरेल ५३ औं मिनेटमा गोल गरे भने म्यान अप द म्याच सुरज घर्ती मगरले ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
त्यस्तै तेस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ । आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ र ४६ औं मिनेटमा रोमन रानाले गोल गरेभने ५८ औं मिनेटमा नरेन्द्र कार्कीले गर्दै टिमलाई विजयी दिलाए । खेलको म्यान अफ द म्याच रोमन राना भए ।