RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय हक्की प्रतियोगिता विराटनगरमा सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७६, सोमबार २०:२३
3
Shares
प्रदेशले प्रदेश ५ विरुद्ध बल अगाडि बढाउँदै गण्डकी प्रदेशका खेलाडि । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ लाई ८–० गोलअन्तरमा पराजित गरेको हो । आर्मीका दीपेन्द्र ऐरीले ३ र ४२ औं मिनेटमा गोल गरे भने २० औं मिनेटमा शेरबहादुर रोकायाले गोल थपे । २७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरे । ३६ र ३७ औं मिनेटमा रोमन राणाले गोल गरे भने ५७ र ५९ औं मिनेटमा प्रदीप राजवंशी गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका प्रदीप राजवंशी भए ।

त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई १–० गोलले पराजित गरेको छ । खेलको ३९ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच गण्डकीका किशनबहादुर मगर भए ।

त्यसैगरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशले बराबरी १–१ गोल गर्दै अंक बाँडेका छन् । ४९ औं मिनेटमा बाग्मतीका विनजन घिमिरे र ५९ औं मिनेटमा सुदूरपश्चिमका अंकित महरले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द सुदूरपश्चिमका केशवराज जोशी भए ।
प्रतियोगिताको उद्घाटन नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठले गरेका थिए । प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको पहिलो संस्करण झापामा भएको थियो भने फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त संस्करणको उपाधि गण्डकीले जितेको थियो । प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेल प्रदेश ५ र प्रदेश २, दोस्रो खेल प्रदेश १ र बाग्मती प्रदेश तथा तेस्रो खेल नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर