RUMPUM
animated ellipse animated ellipse

यौन दुव्र्यवहार आरोपी निलम्बित एसएसपी राणाद्वारा आत्मसमर्पण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७६, आईतवार १९:१०
3
Shares

सुनसरी / यौन दुव्र्यवहारको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

धरानका एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा गृह मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको थियो । निलम्बनको भोलिपल्ट शुक्रबार ती महिलाले राणाले आफूमाथि बलत्कार गरेको आरोपमा सुनसरी प्रहरीमा जाहेरी दिएक थिइन् । राणामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ । २०४९ मा प्रहरी सेवा प्रवेश गरेका राणा यसअघि डीएसपी हुँदा झापा त्यसपछि एसपीको रुपमा पूर्वक्षेत्रीय ट्राफिक कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेका थिए । हाल उनी संघीय प्रहरी इकाइ धरानको प्रमुख रहेकै बेला निलम्‍बनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर