RUMPUM
animated ellipse animated ellipse

संस्कृतिक विद जोशीलाई २ लाखसहित सम्मान गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७६, शनिबार १९:२३
3
Shares
नेपाली भाषा तथा संस्कृतिक विद सत्यमोहन जोशीलाई सम्मान गरिने बारे जानकारी दिदै झी पुचः का अध्यक्ष जयन्त प्रधान । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / झी पुचः (नेपाल भाष तथा सांस्कृतिक संघ) विराटनगरले नेपाली भाषा तथा संस्कृतिक विद सत्यमोहन जोशीलाई नगद २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

झी पुचको संरक्षक एंव समाजसेवी विराटनगर– १० का सुर्दशनबहादुर श्रेष्ठको परिवारले स्थापना गरेको १५ लाखको अक्षय कोषबाट झी पुच ः विराटनगरले जोशीलाई फागुन २ गते काठमाण्डौ नक्सालमा भव्य समारोहको बिच नगद २ लाख रुपैयाँसहित ५० हजार रुपैयाँ लागतमा तयार गरेको कदर पत्रले सम्मान गर्ने भएको हो ।

झी पुच ः ले विराटनगरमा आज पत्रकार सम्मेलन गरि ‘सुर्दशन–कपिला सिरपा’ द्धारा नेपाली भाषा तथा संस्कृतिक विद जोशीलाई सम्मानित गरिने झी पुचः विराटनगरका अध्यक्ष जयन्त प्रधानले जानकारी दिए । जोशीलाई संघिय गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मानित गर्ने छन् ।

झी पुच ः का अध्यक्ष प्रधानका अनुसार नेपाल भाष तथा संस्कृतिको संरक्षण, सवद्र्धन एंव जर्गेणा गर्ने संस्था वा व्यक्तिलाई प्रत्येक २ वर्षमा कदर पत्रसहित नगद २ लाख रुपैयाँले सम्मान गर्ने पनि जानकारी दिए । झी पुचः विराटनगरले सुर्दशन–कपि ट्रष्ट’ को विनियमावली बनाएको छ ।

नेपाल सम्वत ११०१ तथा वि.स. २०३८ सालमा नेपाल भाषा एवं संस्कृतिको जर्गेना र उत्थान गर्ने उद्देश्यले झी पुचः स्थापना भएको हो । उक्त संस्थाले प्रत्येक वर्ष नेपाल सम्वत, न्यहुँ दः, बेल विवहा, ब्रतबन्ध, गाई जात्रा जस्ता संस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर