पूर्वाञ्चल खबर
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी घर भएका ३४ वर्षका शिक्षक सहदेव राई मृत अवस्थामा फेला परेका छन् ।
मझुवागढी घर भइ हाल ऐसेलुखर्क गाउँपालिका वडा नं.५ स्थितमा रहेको शिशु माध्यमिक बिद्यालय महेश्वरीमा कार्यरत शिक्षक राइ मृत फेला परेका हुन् ।
युवराज राईको घरमा कोठा लिई बस्दै आएका राई आज बिहान नौ बजे सम्म नउठेकोले बिधालयका प्रधानध्यायपकलाई बोलाई ठोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय खोटाङ्गका प्रहरी नायव उपरिक्षक डिएसपी बामदेव गौतमले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।