पूर्वाञ्चल खबर
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत सोमतबार भएको खेलमा क्रिकेटमा कोशी मल्टीपल र ग्रिनल्याण्ड, फुटबलमा अर्किड र कोशी तथा बास्केटबलमा विकेभिएम र ब्राइट फ्यूचर विजयी कलेज विजयी भएका छन् ।
आज भएको क्रिकेटमा कोशी मल्टीपल र ग्रिनल्याण्ड कलेजले जित हात पादै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले मेरिल्याण्ड कलेजलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २५ रनको योगफल तयार पारेको थियो । कोशीकालागि निरज यादवले ४६ रन कालीचरण यादवले २५ रन तथा सोनु मण्डलले १८ रनको योगदान दिए । मेरिल्याण्डका सुविज्ञ पाण्डे र विवेक मेहताले २–२ विकेट लिए ।
१ सय २६ रनको लक्ष्य पछ्याएको मेरिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय १४ रनमा सिमित भयो । मेरिल्याण्डका साकिव हकले ३२ बनाउँदा सक्षम कार्कीले ३० रन बनाए । कोशीका म्यान अफ द म्याच श्रवण किस्कुले ३ विकेट लिए ।
त्यसैगरि दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजलाई ५ विकेटले पराजित गर्दै ग्रिनल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ७० रनको सामान्य योगफल तयार पारेको थियो । एभरेष्टकालागि आकाश खत्रीले १७ रन र प्रविन लामिछानेले १५ रन बनाए । ग्रिनल्याण्डका म्यान अफ द म्याच राहुल गुप्ताले ४ विकेट लिँदा निराजन निरौला र ज्योतिष यादवले २–२ विकेट लिए ।
७१ रनको समान्य लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १० ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष पार गरेको छ । ग्रिनल्याण्डा सुवास यादव नटआउट १५ रन बनाए । एभरेष्टका आकाश खत्रीले ३ विकेट लिए ।
बास्केट बलमा विकेभिएम र व्राइट प्mयुचर विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा विकेभिएमले अरनिको कलेजलाई २५–१९ अंकले पराजित गर्दै फाइनलमा पुगेको छ भने दोस्रो खेलमा सुन्दर हरैचाको ब्राइट प्mयूचर कलेजले सेन्टजोसेफ कलेजलाई ४०–९ अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
फुटबलमा मेरिल्याण्ड, अर्किड र कोशी मल्टीपल क्याम्पस विजयी प्रवेश गरेका छन् । पहिलो खेलमा अर्किड कलेजले सगरमाथा कलेजलाई ५–१ गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ । अर्किडका म्यान अफ द म्याच रितीकबहादुर मगरले ह्याट्रिकसहित ४ गोल र झमक मगरले १ गरे । यता सगरमाथाका अच्यूत अधिकारीले १ गोल फर्काए ।
दोस्रोे खेलमा कोशी मल्टीपल कलेजले एभरेष्ट कलेज पथरीलाई २– ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कोशीका अविशेक श्रेष्ठ र रविन राईले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच कोशीका नवराज तामाङ घोषित भए ।
भलीबल छात्रातर्फ पहिलो खेलमा लर्डबुद्ध कलेजले सगरमाथा कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा भने मेरिल्याण्ड कलेजले कान्तीपुर कलेजलाई २–० को सोझो सेटले पराजित गर्यो । तेस्रो खेलमा एभरेष्ट कलेज अरनिको कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा चौथो खेलमा कोशी मल्टीपल कलेजले अर्किड कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।
त्यस्तै छात्रतर्फ पहिलो खेलमा लर्डबुद्ध कलेजले रेड स्टार कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा भने कान्तीपुर कलेजले ग्रिनल्याण्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्यो । तेस्रो खेलमा मेरिल्याण्डले एभरेष्ट कलेज पथरीलाई २–० को सोझो सेटले पराजित गर्दा चौथो खेलमा कोशी मल्टीपल कलेजले सिर्जना कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।