असल नेतृत्व नपाएका कारण देशको विकासको गति लिन नसकेको–गच्छादार
पूर्वाञ्चल खबर
४ माघ २०७३, मंगलवार १६:३९
3
Shares
फाइल तस्वीर
४ माघ, विराटनगर/ मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्व नपाएका कारण देशको विकासले गति लिन नसकेकोे बताएका छन् ।
आज मंगलबार विराटनगर–१६ मा रहेको लक्ष्मीनारायण टोलमा आयोजित श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष गच्छदारले देशमा विकासका लागि पर्याप्त पुर्वाधार र सम्भावना भएपनि असल नेतृत्व अभावकै कारण विकासले गति लिन नसकेको बताएका हुन् ।
उनले ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जलश्रोत र पर्यटनको सम्भावना भएका ठाउँहरुको सदुपयोग नगरिएकै कारण देशको विकास हुन नसकेको बताए ।
अध्यक्ष गच्छदारले २०४८ सालयता आफुले देशका ११ जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएको भन्दै सबै प्रधानमन्त्रीहरुको कार्यशैली विकासमुखि नभएको दाबी गरे ।
भागवत पुराणहरुको आयोजनाले नागरिकलाई असल र नैतिकवान बनाउन महत्वपुर्ण भूमिका खेल्ने भन्दै उहाँले देशको विकासका लागि आ–आफ्नो स्तरबाट सबैले भुमिका निर्वाह गर्नुपर्ने बताए ।