AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलमा सपथ ग्रहण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७६, शुक्रबार ०७:१६
3
Shares

विराटनगर / विराटनगर – २ स्थित बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७७ का लागी कक्षा – ९ का विद्यार्थीहरुबाट स्कूल क्याप्टेन र हाउस क्याप्टेनहरु छनौट गरेको छ ।

छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो हाउसका शिक्षकहरुले सम्वन्धित हाउसको ब्यानर तथा पूर्व हाउस क्याप्टेनहरुले झण्डा प्रदान गरेका थिए । स्कूलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका क्याप्टेनहरु लाई खादा ओडाएर सम्मान गर्दै ब्याज तथा पोशाक वितरण गरी सपथ ग्रहण गराएका थिए ।

प्राचार्यले सपथ ग्रहण गराउने क्रममा छनौट भएका क्याप्टेन विद्यार्थीहरुले विद्यालयलाई उचाइमा पु¥याउन आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए । उक्त कार्यक्रमको उद्धोषण स्कूलका संचालक एवं आइसीसी प्यानल अम्पायर बुद्वीबहादुर प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर