३ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगितामा डिग्री कलेज विजयी भई अन्तिम चारमा प्रवेश गरेकोे छ ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा डिग्री कलेजले हिमालय दर्शन कलेज ६३ रनको फराकिलोे अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिग्रीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ८ रन बनाएको थियो । डिग्रीका अनिल विष्टले १९ रन र अजय राजवंशीले १६ रनको योगदान दिएका थिए । हिमालयका लोमस निरौलाले ४ विकेट लिएका थिए ।
जवाफमा १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको हिमालयले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ४५ रन सिमित भएको थियो । हिमालय मिनस थापजले १४ रनको योगदान दिएका थिए । डिग्रीका अजय राजवंशीले ४ विकेट लिएका थिए । उनी खेलको म्यान अफ द म्याच घाषित भए ।