RUMPUM
animated ellipse animated ellipse

राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश १ मा ९ जना उमेदवारद्वारा मनोनयन दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७६, आईतवार १८:४६
3
Shares

विराटनगर / माघ ७ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश १ मा तीन दलका ९ जना उम्मेद्वारले दर्ता गराएका छन् ।

आज प्रदेश १ मा सत्तारुढ नेपाल कम्युष्टि पार्टी, नेपाली काग्रेस र समाजवादी पाटीले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश न १ वाट राष्ट्रिय सभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ ।

नेकपाको तर्फबाट प्रदेश नम्बर १ दलिततर्फ गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालको उम्मेवारी परेको छ ।
राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका सुन्दर हरैचा नगरपािलका ८ का ४५ बर्षिय आछामीको प्रस्तावकमा कानेपोखरी गाँउपालिकाका अध्यक्ष ताराबहादुर काफले र समर्थक प्रदेश सभासद विजय विश्वास रहेका छन् ।

त्यसैगरी महिलातर्फ सुनसरी इटहरी ४ की ७४ बर्षिय इन्दिरादेवी गौतमका प्रस्तावकमा प्रदेश सभासदस्य राजकुमार ओझा र समर्थकमा प्रदेश सभासद सावित्राकुमारी रेग्मी रहेकी छिन् ।
अर्को खुल्लातर्फका दमक नगरपालिका ५ का ६१ बर्षिय देवेन्द्र दाहालको प्रस्तावकमा प्रदेश सभासदस्य ज्ञानेश्वर राजवंशी र समर्थकमा बेलवारी नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र सुबेदी रहेका छन् ।

नेपाली काग्रेसका महिला तर्फका सदस्य पदका लागि धरान उपमहानगरपालिका १ की ६५ बर्षिय मिना पुलामी मगर,दलित तर्फ फिदिम नगरपालिका १ का ३९ बर्षिय निरबहादुर विश्वकर्मा र खुल्ला तर्फ भद्रपुर नगरपालिका ८ का ५८ बर्षिय राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका छन ।
महिला सदस्य मगरको प्रस्तावक प्रदेश सभासद चन्द्रप्रसाद श्रेष्ठ र समर्थकमा धरान उपमहानगरपालिका मेयर तिलक राई रहेका छन् ।
दलित तर्फका विश्वकर्माको प्रस्तावकमा प्रदेश सभासदस्य सूर्यामाराज राई र समर्थकमा प्रदेश सभासस्य शिवनारायण गनगाई रहेका छन।
खुल्ला तर्फका घिमिरेको प्रस्तावकमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र समर्थकमा सोही महानगरपालिका उपमेयर इन्दीरा कार्की रहेकी छिन् ।

संघीय समाजवादी पार्टीको दलित तर्फको सदस्य पदका लागि बुढीगंगा गाँउपालिका ३ का ४८ बर्षिय ज्ञानकुमार परिवार,त्यसैगरी महिला तर्फ विराटनगर महानगरपालिका १६ की ३९ बर्षिया सदिना खातुन,र खुल्ला तर्फ विराटनगर महानगरपालिका ४ का ५९ बर्षिय भरतराज दाहालले उम्मेदवारी दर्ता गराएका छन ।

दलित उम्मेदवार परियारको प्रस्तावकमा रामचन्द्र लिम्बु र समर्थकमा कैलासप्रसाद मण्डल गनगाई रहेका छन ।
त्यसैगरी महिला तर्फको उम्मेदवार खातुनको प्रस्तावकमा प्रदेश सभासदस्य जयराम यादव र समर्थकमा महेन्द्र यादव रहेका छन । खुल्ला तर्फका सदस्य पदका उम्मेदवार दाहालको प्रस्तावकमा प्रदेश सभा सदस्य राधा थापा र समर्थकमा महेन्द्र यादव रहेका छन ।
राष्ट्रियसभा सदस्यकालागि तीनै दलका उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन आफना पार्टी कार्यालयबाट जुलुससहित विराटनगर सोमबारे हाटस्थित निर्वाचन कार्यालय पु्गेका थिए ।

प्रदेश १ मा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन् । स्थानीय तहका प्रमुख र उप्रमुखसहित दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फगरी प्रदेशमा कुल मतभार नौ हजार तीन सय ९६ हुनेभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर