पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर / भ्रवण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरेको छ ।
आज विराटनगरको शहिद मैदानमा भएको दौड प्रतियोगितामा पुरुषतर्फ धनकुटाका मोहन राई र महिलातर्फ धरान रन क्लवकी छेन्वीमाया राईले जितेकी छिन् । मोहनले ५ किलो मिटरको दौड १५ मिनेट ५२ सेकेन्डमा पार गरे भने छेन्वलिे ३ किलो मिटरको दौड १२ मिनेट ३३ सेकेन्डमा दुरी पार गरेकी छिन् ।
पुरुषतर्फ प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरका हर्कबहादुर लुहागुनले सो दुरी १६ मिनेटमा पार गर्दै दोस्रो तथा तेह्रथुमका उमेश कन्दङवाले सो दुरी १६ मिनेट २५ सेकेन्डमा पार गर्दै तेस्रो भएका छन् । त्यसैगरि चौथोदेखि दशौं क्रमश लालुकुमार पासवान, नन्दनाथ योगी, सागर यादव, याङदेव राई, अमरचन्द्र यावव, अर्जुन साह र सौरभ लामा भए ।
त्यस्तै महिलातर्फ प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरकी शर्मीला भुजेलले सो दुरी १२ मिनेट ५९ सेकेण्डमा पार गर्दै दोस्रो तथा प्रहरी तालीम केन्द्र विराटनगरकी कुसुम विष्टले सो दुरी १३ मिनेट २३ सेकेण्डमा पार गर्दै तस्रो स्थानमा चित्त बुझाउनु पर्यो । त्यसैगरि चौथोदेखि दशौं क्रमश निशा खडका , गंगा खत्री, भुवनकुमारी मिश्र, कमला राई, शर्मिला माझी, चेनमाया कार्की र पदममाया लिम्बुले हात पारेकी छिन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी मोरङले एकेडेमीको स्थापना अवसर खुल्ला सडक दौडको आयोजना एकेडेमी मोरङका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोजविक्रम शाहले जानकारी दिए । दुवै स्पर्धामा प्रथम हुनेले जनही नगद ११ हजार , दोस्रो हुने नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार तथा बाकी ७–७ जनालाई जनही ३–३ हजार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । उनीहरुलाई प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले पुरस्कार वितरण गरे ।